राष्ट्रिय सम्मेलनबाट नयाँ क्रान्तिकारी विचार निर्माण हुन्छ : माओवादी केन्द्र

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएको छ । 

बुधबार माओवादी केन्द्रको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पुस ११ गदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनले नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएका हुन् । 

राष्ट्रिय सम्मेलनमा पार्टीको आजसम्मका आरोह–अवरोहको सम्बन्धमा गम्भिर रुपले छलफल गर्ने र कमिकमजोरीहरुको पनि समिक्षा हुने बताए ।

राष्ट्रिय सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । 

जसमध्ये आयोजक समिति १७९ जना, सल्लाहकार समिति १४९ जना, जेष्ठ कम्युनिष्ट १२५ जना, आयोग ७५ जना, केन्द्रीय विभाग १०२ जना, केन्द्रीय प्रतिनिधि २७ जना, प्रदेश प्रतिनिधि ८०३ जना र मनोनित ७३ जना रहने छन् । राष्ट्रिय सम्मेलन काठमाडौंस्थित प्रज्ञा भवनमा हुने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.