विवेकशील साझाका संयोजक पाण्डे पार्टीबाट निष्काशित

0

काठमाडौं : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित भएका छन् ।

विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशन गरिएको जानकारी गराएका छन् ।

यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए भने त्यसको जवाफ पनि चित्तबुझ्दो नआएको मिश्रले पाण्डेलाई निष्काशन गरेको बारेको पत्रमा उल्लेख छ ।

No photo description available.
Leave A Reply

Your email address will not be published.