कांग्रेस मधेशी खुलातर्फ ५ केन्द्रीय सदस्य निर्वाचित, विनोद चौधरी २२ सय ६ मत ल्याएर विजयी

0

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मधेशी खुलातर्फबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न मतगणनामा अर्बपति विनोद चौधरीसहित पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । 

मतपरिणाम अनुसार अजय चौरसियाले सर्वाधिक मत ल्याएका छन् । पहिलो नम्बरमा रहेका चौरसियाले २५२२ मत ल्याएर जित निकालेका छन् ।

अर्बपति चौधरीले दोस्रो स्थानको मत ल्याएका छन् । २२०६ मतसहित चौधरी विजयी भएका हुन् ।

तेस्रो स्थानको मत चन्द्रमोहन यादवले ल्याएका छन् । उनले २१३८ मत प्राप्त गरेका छन् ।

महेन्द्रकुमार रायले चौथो स्थानको मत ल्याएर विजयी भएका छन् । रायले १९८४ मत प्राप्त गरेका छन् ।

त्यस्तै दिनेशकुमार यादवले पाँचौ स्थानको मत ल्याएर जित निकालेका छन् । यादव १९५९ मत ल्याई विजयी भएका छन् ।

विजयी पाँच जनामा चन्द्रमोहन यादव बाहेक सबै देउवा पक्षका हुन् । पाँच सदस्य चयन हुने मधेशी खुलातर्फ २३ जनाले उम्मेदवारी दिएका थिए ।

यस्तै कांग्रेसको मधेसी महिला आरक्षणतर्फ चार जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

मंगलबार सकिएको मतगणना अनुसार मधेसी महिलाको चार सिटमा चारै जना संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार निर्वाचित हुने मुक्ताकुमारी यादवले ३,९६९, मीनाक्षी झाले ३,०१२, मञ्जुकुमारी यादवले २,८८३ र नागिना यादवले २,८४६ मत पाएका छन् ।

Leave A Reply

Your email address will not be published.