विश्वविद्यालयको शिक्षा व्यावहारिक र जीवनोपयोगी हुनुपर्छ : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छ्न् । 

सोमबार भएको त्रिविको ४७ औं दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन । उनले विश्वविद्यालयको स्तर उच्च बनाउन सबै प्राध्यापक, कर्मचारी र विधार्थीबीच सहकार्य,सहयोग र सद्भाव सदैव आवश्यक पर्नेमा ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न प्राविधिक जनशक्तिको उत्पादन गर्नुपर्नेमा समेत जोड दिए । 

समारोहमा २९ हजार ७ सय २९ जना विद्यार्थी दीक्षित भएका छन  । २०७७ असार १ देखि २०७८ जेठ मसान्तसम्म तोकिएका सम्पूर्ण मापदण्ड पूरा गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीलाई विश्वविद्यालयले दीक्षित गरेको हो । 

विश्वविद्यालयका साधारणतर्फ २३ हजार ८ सय ४८ र प्राविधिक शिक्षातर्फ ५ हजार ८ सय ८१ विद्यार्थी दीक्षित भएका हुन् । 

चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत १ हजार ३ सय ४०, इन्जियरिङ अध्ययन संस्थान अन्तर्गत ८ सय २६, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत २ हजार ९ सय ७४, कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्तर्गत ४ सय ६२ विद्यार्थी दीक्षित भएका छन् । 

त्यसैगरी वन विज्ञान अध्ययन संस्थान अन्तर्गत २ सय ७९ व्यवस्थापन संकाय अन्तर्गत ८ हजार ३ सय ४३, शिक्षाशास्त्र संकाय अन्र्तगत ७ हजार १ सय १८, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत ७ हजार ५ सय ७ र कानुन संकाय अन्तर्गत ८ सय ८० दीक्षित भएको त्रिविले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.