मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा
काठमाडौं : डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर रिजालले राजीनामा बुझाएका हुन् ।
कांग्रेस महामन्त्रीको प्रारम्भिक मतपरिणाममा पछाडि परेपछि रिजालले राजीनामा दिने बताएका थिए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा ८०९ मत मात्रै प्राप्त गरेका थिए।