कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

0

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

अन्तिम मतगणना पछि थापाले सबैभन्दा बढी ३ हजार २३ मत ल्याएर विजयी भएका छन भने शर्माले १९ सय ८४ मत प्राप्त गरेर विजयी भएका छन् ।

थापा शेखर कोइराला समूहबाट महामन्त्रीका उमेदवार बनेका थिए भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उमेदवारी दिएका थिए ।

त्यस्तै सभापति शेरबहादुर देउवाबाट महामन्त्रीका दावेदार डाक्टर प्रकाशशरण महतले १ हजार ५ सय ५०, प्रदीप पौडेलले १ हजार ४ सय ९ पाएका छन् ।

कोइराला पक्षका डाक्टर मिनेन्द्र रिजालले ८ सय ९ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधि पक्षबाट महामन्त्रीका उमेद्वार डा. राजाराम कार्कीले १०७ मत मात्र प्राप्त गरेका छन् ।

सोमबार सम्पन्न मतदानमा ४७४३ मतदातामध्ये ४६८२ मतदाताले मतदान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.