कांग्रेस महाधिवेशन : मतदान गर्ने समय ९ बजेसम्म थप
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मतदान गर्ने समय थप गरिएको छ । निर्वाचन समितिले यसअघि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेकोमा थप गरेर ९ बजेसम्म थप गरेको हो ।
यसअघि निर्वाचन समितिले विहान ८ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको थियो । तर दिउँसो साढे ११ बजेमात्र मतदान शुरु भएको थियो ।
कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।
निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।