निधि र सिंह भन्छन्- मतदान दोस्रो चरणमा गए देउवाविरुद्ध लाग्छौं
काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका विमलेन्द्र निधिले पहिलो चरणबाटै सभापति निर्वाचित हुने सम्भावना कम रहेको बताएका छन् ।
सोमबार मतदान गरेपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै दोस्रो चरणको लागि आफूले रणनीति बनाइनसकेको बताए ।
निर्वाचन प्रक्रिया दोस्रो चरणमा गए नेतृत्व परिवर्तका लागि आफु लाग्ने उनको भनाइ थियो । निधिले आफूलाई मत खसाल्न झण्डै ५० मिनेट लागेको बताए ।
त्यस्तै मतदान गरेपछि प्रतिक्रिया दिँदै नेता प्रकाशमानसिंहले पनि दोस्रो चरणमा निर्वाचन भएमा वर्तमान सभापति शेरबहादुर देउवालाई हराउने दाबी गरेका छन् । उनले दोस्रो चरणमा देउवाविरुद्ध आफूहरु मिलेर लड्ने कुराको संकेत गरेका हुन् ।