कांग्रेस महाधिवेशन : ४९१ जना चुनावी मैदानमा, दुई पदाधिकारीसहित ५७ जनाद्वारा उम्मेद्वारी फिर्ता

0

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४ सय ९१ जना चुनावी मैदानमा उत्रिएका छन् ।

१३ जना पदाधिकारीसहित १ सय ३४ पदका ४ सय ९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ५७ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४ सय ९१ जना चुनावी मैदानमा रहेका हुन् ।

सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीमा थारुतर्फका प्रत्यासी सुरेन्द्रप्रसाद चौधरी र ५५ जना विभिन्न कलस्टरका सदस्यका प्रत्यासीले मनोनयन फिर्ता लिएका छन् ।

मतदान सोमबार बिहान ८ बजेदेखि शुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

महाधिवेशनमा कांग्रेसका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

कांग्रेस विधानअनुसार सभापतिका उम्मेदवारले जीतका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके दोस्रो चरणमा निर्वाचन हुनेछ ।

Leave A Reply

Your email address will not be published.