काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरू मीनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।
महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २ महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको हो । सभापति देउवाको तर्फबाट प्रकाशशरण महत र प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन् ।
यस्तै शेखर कोइरालाको समूहबाट गगनकुमार थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । निधि प्यानलबाट राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।
कांग्रेसका प्रभावशाली ६ नेताबीच महामन्त्री पदका लागि हुन लागेको प्रतिस्पर्धा निकै रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।