मलाई जिताउनुस्, स्थानीयदेखि केन्द्रसम्म कांग्रेसकै सरकार हुन्छ : देउवा

0

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु नेतृत्वको सरकार बनेसँगै नेपाली डर त्रासबाट मुक्ति पाएको दाबी गरेका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रको समापन मन्तव्य दिँदै सभापति देउवाले केपी ओलीको सरकारलाई तानाशाहको संज्ञा दिए । 

उनले आगामी निर्वाचनबाट कांग्रेसलाई पहिलो पार्टी बनाउने दाबी पनि गरे । स्थानीय र संघीय सरकार कांग्रेस कै हुने नेता कार्यकर्तालाई आश्वस्त पार्दै उनले त्यसका लागि एकपटक आफूलाई जिताउन आग्रह गरे । “डर त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्”, प्रधानमन्त्री देउवाले भने ।

देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.