एन आर एन बेल्जियमको निर्वाचनको तयारी पुरा

चारदिशा,  बेल्जियम ,

गैर आबासिय नेपाली संघ बेल्जियमको भोली सम्पन्न हुन गैरहेको निर्वाचनको सम्पूर्ण  तयारी पुरा भएको जानकारी प्रमुख निर्वाचन आयुक्त बोधराज पौडेलले दिनु भएको छ । निर्वाचन आयोगले गैर आबासिय नेपाली संघ बेल्जियमका सम्पूर्ण पन्जिक्रित सदस्यहरुलाई निर्वाचन प्रकृयामा सहभागि भैदिन हार्दिक अनुरोध गरेको छ । मतदान प्रकृया बिहान ९ बजे देखि साझ ५ बजे सम्म ,ब्रुगे ओस्टेन्डे क्षेत्रमा ९,३० देखि ५ बजे सम्म हने छ । मतदान गर्नका लागि आफ्नो सदस्यता कार्ड वा परिचय पत्र residency card अनिबार्य रुपमा निर्वाचन अधिक्रितलाई  देखाउनु पर्ने छ ।

निर्वाचन आयोगले जारी गरेको सुचना

 

निर्बाचन आयोगको अत्यन्त जरूरी सूचना :

भोली ३० अगष्टमा सम्पन्न हुन गै रहेको गैर आबासिय नेपाली संघ बेल्जियमको निर्वाचनमा निम्नानुसारको ब्यबस्था र थप आचार संहिताका बुंदाहरु लागु गरिएकोले संबन्धित सबै पक्षहरुलाइ पालना गरी दिन हुन अनुरोध गरिन्छ । मतदाताहरुलाई निर्धक्क साथ आफ्नो बिबेक प्रयोग गरी मतदानमा सरिक हुन आग्रह गरिन्छ ।

१, मतदानको समय र उद्घाटन (मतदानबाट)
Antwerpen : ( ९ बजे देखि १७ सम्म) – युबराज गुरुङ ,शिव कुमार बरुवाल,प्रेम गुरुगं
Leuven : ( ९बजे देखि १७सम्म) – बोधराज पौडेल र जानकी गुरुङ (निर्वाचन प्रमुख र आइ सि सि सदस्य – संयुक्त)
Brussels : ( ९बजे देखि १७ सम्म) – रजनि प्रधान आइ सि सि महिला उप संयोजक र रबिन्द्रमान श्रेष्ठ
Gent : ९ बजेदेखि १७ सम्म
Brugge-Oostende : ९ :३० बजेदेखि १७ सम्म

२, मतदान अवधिभर निम्न कुराहरु सख्त मनाही छ :
– कुनै प्रकारको प्रचार प्रसार गर्न
– मतदाताहरुलाई कुनै प्रकारको दवाब दिन
– मतदानको बेला कुनै पनि नामहरुको सूची, कागजको टुक्राहरु साथमा लैजान
– मतदान गर्नु अघि पछी र मत पेटिका वरिपरी फोटो खिच्न
– निर्वाचन अधिक्रितको अनुमति बिना कसैलाई साथमा लैजान
– मतदान केन्द्रमा मादक पदार्थ सेवान गरेर प्रबेश गर्न
– मतदान केन्द्र वरपर हल्ला गर्न, कुनै उछ्रिखल गतिबिधि गर्न

यस बाहेक मतदान अधिक्रितले तत्कालिन परिस्थिती अनूकुल कुनै निर्णय लिएमा त्यसको पालना गर्नु सबैको कर्तब्य हुनेछ । मतदान केन्द्र भित्र बाहिर अनुमति भएका लिएका अनुगमन तथा जाँच्बुझ कार्यदलका सदस्यहरु, केन्द्रबाट अनुगमन गर्न खटिएका प्रतिनिधिले कुनै पनि अबान्छित गतिबिधि गर्नबाट रोक्न, संझाउन र आबस्यक परे लिखत मौखिक टिप्पणी सहित निर्वाचन आयोगलाई कारबाहीको सिफारिस गर्न सक्नेछन । आन्तरिक तथा बाह्य पर्यबेक्षकहरु र संचार कर्मिहरुले स्वतन्त्र पर्यबेक्षण गर्नेछन ।

बोधराज पौडेल
निर्वाचन प्रमुख
गैर आबासिय नेपाली संघ बेल्जियम