काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यक्रम अनुसार महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन २४ गते बिहान १० बजे राखिएको छ । उमेदवारी दर्ता २५ गते बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म राखिएको छ ।
दाबी विरोधको समय २५ गते बेलुका ७ देखि ९ बजेसम्म राखिएको छ भने उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही राति ९ देखि १२ बजेसम्म हुनेछ । यस्तै मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मको समय दिइएको समितिले जनाएको छ ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ ।
