प्रयोगमा रहेका खोपले नै कोरोनाको ओमिक्रोनविरुद्ध पनि काम गर्ने पुष्टि

0

काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने जनाएको छ ।

हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने उसले जनाएको हो । डब्लुएचओका डाक्टर माइक रायनले अहिलेसम्मका तथ्यहरुमा ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली नदेखिएको बताएका हुन् ।

दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणमा खोप प्रभावकारी रहेको देखिएको हो ।

डेल्टा वा अरु भेरियन्टले भन्दा बढी बिरामी ओमिक्रोनले नबनाउने पनि प्रारम्भिक अध्ययनले देखाएको छ । डब्लुएचओले नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन धेरै बाँकी रहेको जनाएको छ ।

अनुसन्धानमा सुरुको भेरियन्ट भन्दा ओमिक्रोनविरुद्ध फाइजर खोपको प्रभावकारिता कम देखिएपनि काम गरेको पाइएको हो । वैज्ञानिकहरुले भने ओमिक्रोनले हालको खोपलाई छल्न सक्ने सम्भावना भने रहेको बताउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.