पाँच दलीय गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै भएको बताएका छन् । 

सत्तागठबन्धनका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपालले आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम रहने बताइरहँदा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले त्यस्तो कुनै सहमति नभएको स्पष्ट पारेका हुन् । 

कांग्रेस सभापतिसमेत रहेका देउवाले राष्ट्रियसभाको चुनावपछि गठबन्धन रहने कि नरहने भन्ने विषयमा कुनै छलफल नभएको बताए ।

पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने पनि उनले बताएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ छ । 

उनले पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने बताए । उनले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको बताउँदै फेरि सभापतिमा चुनिए अझ राम्रो काम गर्ने बताए । 

कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.