सर्वसम्मत नेतृत्व टुंग्याउन निरन्तर छलफलमा ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत पदाधिकारी चयन गर्न लागिपरेका छन् । आइतबार बिहान १० बजेबाट बन्द सत्र शुरु हुने भनिएपनि अध्यक्ष ओली सबैलाई समेटेर लैजाने प्रयास स्वरुप छलफलमा जुटेपछि बन्द सत्र शुरु भएको छैन ।

ओलीले सहमतिका आधारमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली घोषणा गर्ने तयारी गरेका छन् ।

सोही अनुसार ओलीले पूर्वमाओवादी र १० बुँदे पक्षधर नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका छन् भने आफ्नो समूहका नेतासँग पनि छलफल गरिरहेका छन् ।

आकांक्षीहरु धेरै भएका कारण सबैलाई समेटेर लैजान अध्यक्ष ओलीलाई सकस परेको छ । 

शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई पदाधिकारी चयन गर्ने जिम्मेवारी दिएको थियो । तर एमाले उपाध्यक्ष भीम रावलले उक्त निर्णयप्रति आपत्ति जनाउँदै अध्यक्षमा आफ्नो उम्मेद्वारी कायमै रहेको बताएका छन् ।

पदाधिकारी बाहेक केन्द्रीय सदस्यहरूमा पनि सहमति जुटाउनका लागि छलफल भइरहेको छ । सहमति जुटाएर आइतबार नै बन्दसत्रमा नामावली प्रस्तुत गर्ने अध्यक्ष ओलीको योजना छ । सहमति नजुटेका पदमा भने निर्वाचन हुने नेताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.