डब्लुएचओले नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राख्यो, नियन्त्रणका लागि नयाँ निर्देशिका जारी गर्ने

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले दक्षिण अफ्रिकामा भेटिएको उत्परिवर्तित ‘म्युटेट’ कोरोना भाइरसलाई चिन्ताजनक भेरियन्टको रुपमा राखेको छ ।

‘म्युटेट’ भाइरसले संक्रमण, त्यसको असर र खोपको प्रभावकारिता घटाउनेजस्ता समस्या देखिएमा त्यसलाई चिन्ताजनक भेरियन्टको रुपमा लिइने गरिएको छ ।

अत्यधिक ‘म्युटेट’ कोरोना भाइरसको नाम डब्लुएचओले ‘ओमिक्रोन’ राखेको छ । प्रारम्भिक विवरणले यो भाइरसले संक्रमणको जोखिम बढाउने डब्लुएचओको भनाइ छ ।

नयाँ भेरियन्टबारे थप जानकारीको लागि केही साता लाग्न सक्ने उसको भनाइ छ । डब्लुएचओले कोरोना भाइरसको नयाँ भेरियन्ट नियन्त्रणका लागि विश्वका राष्ट्रहरुलाई नयाँ निर्देशिका समेत जारी गर्ने भएको छ ।

हालै भेटिएको भेरिएन्टको थुप्रै प्रकारको म्युटेशन रहेकाले यसको अनुसन्धान प्रक्रियामा ढिलाई गर्न नहुने सुझाव उसको छ ।

ओमिक्रोन’ भेरियन्ट नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले यसका विरामीहरु बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पनि फेला परेका छन् ।

नयाँ भेरियन्ट देखिएसँगै धेरै मुलुकले दक्षिणी अफ्रिकाका मुलुकसँगको सीमा बन्द गरेका छन् । नयाँ भाइरसको स्वरुप परिवर्तन हुने भएकाले यो दक्षिण अफ्रिकी मुलुकहरुमा फैलिसकेको दाबी समेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.