जनसंपर्क समिति बेल्जियमको पाँचौ अधिबेशन नोभेम्बर २९ मा , प्रधानमन्त्री शेर बहादुर देउबाले उद्घाटन गर्ने ,
नेपाली जनसंपर्क समितिको पाँचौ अधिबेशन यही नोभेम्बर २९ तारिख सोमबार हुने भएकोछ । अधिबेशनको उद्घाटन नेपाली काङ्रेशका सभापति एबम प्रधानमत्री शेर बहादुर देउबाले गर्नुहुनेछ ।
नेपाली काङ्रेसको बिदेश स्थित संगठनलाई नेपाली काङ्रेसले आफ्नो १४ औ महाधिबेशन अगावै अधिबेशन सम्पन्न गरी नयाँ कार्यसमिती चयन गर्न र केन्द्रिय अधिबेशनमा प्रतिनिधित्व गर्न निर्देशन गरे बमोजिम अधिबेशनको तयारी गरिएकोछ ।
अधिबेशनमा प्रधानमन्त्री देउबा सहित नेपाली काङ्रेसका नेताहरु शेखर कोइराला, सुरेन्द्र पाण्डे , गोबिन्द भट्टराई र गगन थापाको भर्चुअल उपस्थिति रहने र शुभकामना दिने कार्यक्रम रहेको जनसंपर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाले जानकारि गराउनु भएकोछ । अधिबेशनको केन्द्रीय प्रतिनिधिको रुपमा जनसंपर्क समिती नेदरल्यान्डका संस्थापक सभापति नारायण आचार्यलाई तोकिएकोछ ।
चौथो अधिबेशनबाट निर्बाचित सीता सापकोटा नेत्रित्वको समितीले दुई बर्ष देखि अधिबेशन गर्न खोजे पनि बिबिध कारणले पछि सर्दै आएको थियो । बेल्जियमबासी काङ्रेस कार्यकर्ताहरुको एकता कायम गरेर हुनलागेको अधिबेशनले सहमतिमा निर्बिरोध नेत्रित्व चयन गर्ने तयारि गरिरहेको समिती सम्बद्ध ब्यक्तिहरुले बताएकाछन ।
सोही अधिबेशनले नेपाली काङ्रेसको चौधौ महाधिबेशनको लागि महाधिबेशन प्रतिनिधि र महासमिती सदस्यहरुको पनि चयन गर्नेछ । नेपाली काङ्रेसको बिधान अनुसार महाधिबेशन प्रतिनिधि महाधिबेशन सम्म र महासमिती सदस्य केन्द्रीय समितिको पदाबधि हुँदासम्म कायम रहने ब्यबस्था छ ।
जनसंपर्क समिति बेल्जियमले ३ जना महासमिति सदस्य सहित् सात जना महाधिबेशन प्रतिनिधि र कार्यसमितिको निर्वाचन गर्ने पाँचौ अधिबेशनका लागि निर्वाचन समितिक सन्योजक ईन्द्र क्षेत्री पकवानले बताउनु भएकोछ ।