जनसंपर्क समिती जर्मनीको आगामी कार्यकालका लागि तेजेन्द्र कार्कीले अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेकाछन । यहि नोभेम्बर २९ तारिख सोमबार हुने समितिको पाँचौ अधिबेशनले नयाँ नेत्रित्वका लागि निर्वाचन गराउने तयारी भैरहेकोछ ।
लामो समय देखि नेपाली समुदायको बाक्लो बसोबास रहेको ह्याम्बर्गमा बस्दै आएका कार्की लो प्रोफाइलमा बसेर पार्टिको काममा सकृय रहदै आएका थिए । सधैं साथीहरुलाई पदीय जिम्मेवारि दिएर संगठनलाई सहयोग गर्दै आएका कार्की नेपालमा पनि नेपाली काङ्रेसको संगठन निर्माणमा सक्रिय रहेका ब्यक्ति हुन । लामो राजनितिक बिरासत र संघर्षको ईतिहास बोकेको परिवारका सदस्य कार्की जर्मनी लगायत युरोपमा मिलनसार र सबैलाई मिलाएर संगठन चलाऊन सक्ने ब्यक्तिका रुपमा काङ्रेसीहरुमा परिचित छन ।
नेपाली काङ्रेसको आदर्श र सिद्धान्तमा चल्न आफुले सधैं प्रयास गरेको र कुनै बिबादास्पद गतिबिधिमा नलागेकोले आफुलाई जर्मनबासी नेपाली काङ्रेसका बहुमत सदस्यहरुको समर्थन रहेको कार्कीको भनाइछ । गैर आबासीय नेपाली अभियान र प्रबासका नेपालीले ब्यहोर्नु परेका समस्यामा सहयोग गर्न सधैं अगाडि रहेका कार्कीले नेपालमा पनि पार्टिका काम र अन्य सामाजिक काममा सहयोग गर्दै आएकाछन ।
नेपाली काङ्रेस पार्टिको सात दशक लामो प्रजातान्त्रिक अभ्यासलाई व्यबहारमा लागु गरे पार्टिमा कुनै समस्या नआउने विश्वाश रहेका कार्कीले जर्मनी काङ्र्सलाई अनुशासित र मर्यादित बनाउने आफ्नो लक्ष रहेको बताएका छन । युरोपमा संगठनलाई मजबुत बनाउने र जर्मनबासी नेपाली समुदाय सँग मिलेर नेपाल र नेपालीका काम गर्न आफु सँग अल्पकालिन र दिर्घकालिन योजना रहेको उनको भनाइछ ।
पार्टिमा मौलाउदै गरेको अनुशासन हिनता र गुटउपगुटबाट मुक्त बनाएर सबैलाई अपनत्व र गर्ब गर्न लायक संगठन बनाउने आफ्नो उद्द्यस्य पुरा गर्न जर्मनबासी काङ्रेसलाई सहयोग गर्न पनि कार्कीले अपिल गरेकाछन ।