जेनिस सलुशन लिमिटेडले खोल्यो संयुक्त राज्य अमेरिकामा आफ्नो कार्यालय

0

काठमाडौँ : डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी जेनिस सलुशनले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलिएको जनाएको छ।

ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बांगलादेश, अष्ट्रेलिया र फिनल्याण्डमा कार्यालयहरु छन्। 

जेनिस सलुशन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक पनि हो। 

जेनिसले यस भन्दा पहिले नै अमेरिकास्थित केहि ठूला ब्यांकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ।  अमेरिकास्थित नयाँ कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन ५०० कम्पनीहरु लगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। 

यो विस्तार विश्वभरि आफ्नो व्यवसाय तथा सेवाप्रवाह  संजाल पुराउने जेनिसको रणनीतिको एक अंग हो।

“संयुक्त राज्य अमेरिका सूचना, संचार तथा प्रविधि उद्योगमा संसारकै सबै भन्दा ठूलो बजार हो र त्यहाँ हाम्रो औपचारिक उपस्थिति हाम्रा लागि एउटा उपलब्धि र गौरवको कुरा हो।  हामीले नेपालमा एउटा बलियो कार्यसंचालन आधार तयार गरेर अमेरिकास्थित कम्पनीहरुलाई डिजिटल रुपान्तरणको क्षेत्रमा हाम्रा विशिष्ट सेवाहरु उपलब्ध गराउने छौं।   हामी एउटा कम्पनीको रुपमा अन्तरराष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउनुका साथै विश्व सूचना, संचार तथा प्रविधि उद्योगमा नेपाललाई बजार मापदण्ड कायम गर्न सफल एक श्रोत मुलुकको रुपमा स्थापित गर्न पनि चाहन्छौं,” जेनिस सलुशन लिमिटेडका ग्लोबल मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले भने। 

जेनिसले एडब्लुएस, गुगल, माइक्रोसफ्ट, अलिबाबा क्लाउड लगायतका विश्वचर्चित क्लाउड सेवा प्रदायक कम्पनीहरु संगको साझेदारीमा आफ्ना कार्यालयहरुबाट विश्व भरि नै सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ। अमेरिकी बजारमा चाहिं उच्च गुणस्तरका  डेभ अप्स,  क्लाउड माइग्रेशन्स, क्लाउड नेटिभ डेभलपमेंट्स, एस इ ओ, व्यवस्थित सूचना प्रविधि तथा सुरक्षा सेवाहरु प्रतिस्पर्धी दरमा उपलब्ध गराइने छ।   

Leave A Reply

Your email address will not be published.