प्रधानन्यायाधीशको राजीनामा माग्दै मार्चपास
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेको छ ।
बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघ लगायत, नेपाल शिक्षक संघ, नेपाल इञ्जिनियर्स एसोसिएसन लगायतका पेसागत संघ संस्थाको सहभागितामा नेपाल बारले मार्चपास गरेको हो ।
बालुवाटार न्याय मार्च नाम दिएको मार्चपासको नेतृत्व नेपाल बार एसोसिएसनले गरेको हो ।
कात्तिक ९ गते नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन थालेको थियो । कार्यपालिकासँग नियुक्तिमा भाग मागेको, सहमति कार्यान्वयन नगरेको, बिचौलियालाई प्रश्रय दिएको लगायतको आरोप लगाउँदै बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेको छ ।