एमालेको महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

0

काठमाडौं : नेकपा एमालेको १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवन गएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

देउवा हेलिकोप्टरबाट चितवन जाने तय भएको हो । नारायणी नदी किनारमा हुने महाधिवेशन उदघाटन सत्रमा सम्बोधन गरेर दिउँसो देउवा काठमाडौं फर्कने चितवन प्रशासनले जनाएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वा राजेन्द्र महतोपनि उदघाटन समारोहमा सहभागी हुने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने जाने या अरु प्रतिनिधि पठाउने निश्चित भएको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत चितवन पुग्दैछन् । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।

Leave A Reply

Your email address will not be published.