झन्डै ६० लाख डोज खोप नेपाल भित्रिँदै, कम उमेरका नागरिकका लागि खोप अभियानको तयारी

0

काठमाडौं : स्वास्थ्य मन्त्रालयले डेढ महिनाभित्र नेपालमा तीन कम्पनीका झन्डै ६० लाख डोज खोप नेपाल आइपुग्न लागेको जानकारी दिएको छ ।

भेरोसेल, फाइजर र कोभिडसिल्ड थप खोप आउन लागेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जानकारी दिएको हो । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट कोभ्याक्स सुविधाअन्तर्गत खरिद गरी ल्याउने ६० लाख डोज खोपमध्ये नोभेम्बरभित्र करिब १५ लाख आउने निश्चित भएको छ ।

त्यस्तै बाँकी खोप चरणबद्ध रूपमा आइपुग्ने विभागले जनाएको छ । चीनबाट पनि ६० लाख डोज खरिद सम्झौता भइसकेकोमा बाँकी रहेको २३ लाख डोज १५ दिनभित्र नेपाल आइपुग्ने भएको छ ।

फाइजरको खोप भने डिसेम्बरभित्र आइपुग्ने मन्त्रालयले जनाएको छ । फाइजर पनि २० लाख डोजको दरले आपूर्ति हुने महाशाखाको भनाइ छ । फाइजर भने नेपाल सरकारको खरिद प्रक्रियाबाट आउने भएको हो ।

तीन कम्पनीबाट ६० लाख डोज खोप आएसँगै नेपालमा खोप अभियान कम उमेरका जनसंख्यालाई वितरण सुरु गर्ने तयारी छ ।

नेपालमा हालसम्म सबै कम्पनीको गरी २ करोड ५४ लाख ७ हजार ६ सय ३० डोज खोप आइसकेको छ । नेपालमा हालसम्म ९१ लाख २० हजार जनसंख्याले पहिलो मात्रा मात्र लगाएका छन् । ७९ लाख ६ हजार ३ सय ३९ जनाले पूर्ण खोप लगाइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.