प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी, दुई मन्त्रीले लिए शपथ

0

काठमाडौं : प्रदेश २ सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि सहभागी भएको छ ।

आइतबार समाजवादीको तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र प्रमोद यादवले मन्त्रीको शपथ लिएका हुन् ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानून न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आइतबार विहान मधेस भवनमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त दुबै मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए ।

नेकपा एमालेबाट विभाजन भएर बनेको समाजवादीका प्रदेश २ मा १३ सांसद रहेका छन् । जनता समाजवादी पार्टीले नेतृत्व गरेको प्रदेश सरकारमा यसअघि नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइएसकेका छन् ।

जनता समाजवादी विभाजन भएपछि तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट मन्त्री र राज्यमन्त्रीहरुलाई हटाएर कांग्रेस, माओवादी र नेकपा समाजवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउत बाध्य भएका हुन् ।

Leave A Reply

Your email address will not be published.