प्रचण्ड र विप्लवबीच भेटवार्ता, समसामयिक राजनीतिक परिस्थिति र पार्टी एकताबारे छलफल

0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दाहाल भएको भेटमा समसामयिक राजनीतिक परिस्थिती, पार्टी एकता लगायतका विषयमा केन्द्रीय भएर छलफल भएको हो । 

केही दिनअघि अध्यक्ष दाहालले चन्द नेकपासँग एकताको प्रस्ताव गरेका थिए । त्यसमा आफुहरु पनि सकारात्मक रहेको महासचिव चन्दले बताएका थिए । 

भेटमा मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको चन्द नेकपाले जनाएको छ । 

साथै चन्द नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा पनि दुई नेताविच कुराकानी भएको बताइएको छ । छलफलमा माओवादी प्रवक्ता कृष्णबहादुर महरा समेत सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.