अमेरिकी सहायक विदेशमन्त्री लुले आज प्रधानमन्त्री देउवालाई भेट्दै, एमसीसीबारे छलफल हुने

0

काठमाडौं : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछन् ।

अपरान्ह उनले प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेटवर्ता गर्न लागेका हुन् ।

भेटमा नेपालमा अमेरिकी सहयोग, विवादमा रहेको एमसीसी परियोजना लगायतका विषयमा कुराकानी हुने बताइएको छ ।

दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने लु तीन दिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं आएका हुन् ।

उनले शुक्रबार परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेट गर्ने कार्यक्रम छ । उनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.