आँधीका कारण क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा

0

एजेन्सी : एक्कासी आएको आँधीले क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तका ठुलो क्षति पुर्‍याएको छ । आँधीले सडक र रेल सञ्जालमा अवरोध पुगेपछि ब्रिटिश कोलम्बियामा संकटकाल घोषणा गरिएको छ ।

संकटकालीन अवस्थाले सडक र रेल सेवालाई पुनः सुरु गर्न सहयोग पुग्ने बताइएको छ ।

आइतबार राति आएको आँधीवाट हजारौँ मानिसहरू प्रभावित भएका छन् । आँधीपछिको पहिरोमा परेर एकजनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

विपद्बाट प्रभावित क्षेत्रमा राहत र उद्दारका लागि सेना परिचालन गरिएको छ । प्रभावित क्षेत्रबाट कैयौँ मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ । आँधीपछि पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको छ । सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो पनि अवरुद्ध भएको छ ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन् । सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने पनि उनले बताएका छन् ।

आँधीका कारण एक महिनामा पर्ने औसत पानी चौबिस घण्टाभित्रै परेको बताइएको छ । त्यस्तो अवस्था उत्पन्न हुनुमा जलवायु परिवर्तन कारक रहेको हुनसक्ने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.