स्याङ्जा समाज बेल्जियमको दोश्रो अधिबेशन सम्पन्न , पर्शुराम रेग्मी अध्यक्षमा पुन निर्बाचित ,
स्याङ्जा समाज बेल्जियमको दोश्रो अधिबेशनले पर्शुराम रेग्मीको अध्यक्षतामा १८ सदस्यिय नयाँ कार्य समितिको चयन गरेकोछ । सोमबार १५ नोभेम्बरमा बेल्जियमको एन्तवेरपेनमा भएको अधिबेशनले बरिष्ठ उपाध्यक्षमा गणेश अधिकारी, उपाध्यक्ष – पुर्ण खनाल,उपाध्यक्ष – रामु अर्याल, उपाध्यक्ष – जितेन्द्र कर्मचार्य, महिला उपाध्यक्ष – सीता ढकाल र दिलमाया शर्मा पौडेल , महासचिव- होमनाथ पाण्डे,सचिव – दुर्गा भट्टराई सहसचिव- पारु सुवेदी, कोषाध्यक्ष – सुन्दर पौडेल,सहकोषाध्यक्ष- इन्दिरा खनाल र सदस्यहरुमा कमल गुरूङ, नरेन्द्र अधिकारी ,बिष्णु अधिकारी , शोभाकार्की गुरुङ , दुर्गा अधिकारी, गीता सुबेदी पौडेललाई निर्बिरोध चयन गरेकोछ ।
त्यसै गरि प्रमुख सल्लाहकारमा कृष्ण पौडेल, सल्लाहकारमा ध्रुब पौडेल, सुर्य कार्की, रेशमलाल अधिकारी, नबिन गुरुङ , बोधराज पौडेल, सुर्य ढकाल , रामचन्द्र शर्मा, मिन बहादुर छेत्रीलाई चयन् गरिएकोछ ।
स्याङ्जा समाज अन्तरराष्ट्रिय समितिका सदस्य रामचन्द्र शर्माको प्रमुख आथित्यता र स्याङ्जा समाज अन्तरराष्ट्रिय समितिका सल्लाहकार ध्रुब पौडेल र युरोप सन्योजक मिन बहादुर छेत्रीको आथित्यतामा भएको अधिबेशनले यही नोभेम्बर २९ तारिक स्याङ्जामा हुने अन्तरराष्ट्रिय सम्मेलन सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकोछ ।
पहिलो कार्यकाल कोरोनाले गर्दा सोचेअनुरुप सामाजिक कार्य गर्न नसकेको कुरालाई मध्यनजर गर्दै सबैलाई समेटेर आउँदा दिनमा मानवीय सेवा र सामाजिक कार्यका लागि बिशेष अभियान चलाऊने प्रस्ताब पनि अधिबेशनले पारीत गरेकोछ । स्याङ्जा समाज बेल्जियम बिभिन्न परोपकारी कामको माध्यमले स्याङ्जा जिल्ला र देशका अन्य भागमा सहयोग गर्दै अाईरहेकोछ ।