पार्टी रूपान्तरणका लागि कांग्रेस महामन्त्रीका उम्मेद्वार शर्माको अवधारणा पत्र (पूर्णपाठ)
काठमाडौं : नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ४२ बुँदे अवधारणापत्र अघि सारेका छन् ।
चितवनमा आयोजित एक कार्यक्रमका बीच प्रवक्ता शर्माले दल रुपान्तरण, कांग्रेसको १४ औं महाधिवेशन, दलहरूका साझा समस्यासहितमा केन्द्रित रहेर अवधारणापत्र अघि सारेका हुन् । अहिलेका समस्या, समाज र चुनौतीलाई मिहीन ढंगले केलाउनुपर्ने अवधारणा पत्रमा उल्लेख गरिएको छ ।
शर्माले दलभित्र रुपान्तरण खोज्दा नौवटा कुरालाई ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। त्यसका लागि दलभित्र योगदान र योग्यताको उचित सन्तुलन, नेपाली समाजको बनोट अनुरुपको चित्र नेतृत्वमा प्रतिबिम्बित हुने स्थिति र निर्णय प्रक्रिया, स्वामित्व बोधको वातावरण, दलले लिने नीति र हिंड्ने बाटोमा अग्रगमनको निश्चितता, समाजमा अघि आउने तत्कालीन मुद्दाहरुमा दलको जिम्मेवार प्रस्तुति हुनुपर्ने शर्माको मत छ।
प्रवक्ता शर्माको यो दोस्रो अवधारणापत्र हो । शर्माले यसअघि उम्मेदवार बन्ने घोषणा गरेपछि गत ३ असोजमा झापाबाट ‘राजनीतिमा परिवर्तन’सम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका थिए ।
हेर्नुहोस् अवधारणा पत्र :