प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

0

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत परको थियो । प्रदेशसभाको बैठकमा ७९ जना सदस्यहरु उपस्थित थिए । 

मत दिन्न भन्ने पक्षमा भने कुनै पनि मत परेन । जम्मा ९२ जना प्रदेशसभाका सदस्यहरु मध्ये आजको मतदानमा ७९ सांसद सहभागि थिए ।

विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राईले प्रतिपक्ष दलहरुसँग पनि मिलेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Leave A Reply

Your email address will not be published.