काठमाडौं : राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ ।
काठमाडौको त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने राहदानी विभागले जनाएको हो ।
बुधबार दिउँसो एक समारोहकाबीच परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
विद्युतीय राहदानीको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप रहेको पनि विभागले जनाएको छ ।
साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् ।
विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो । ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्वीर राखिएको छ ।
पहिलो चरणमा साधारण राहदानी जारी गर्नेे बताएको विभागले पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा राखिएको जनाएको छ । अन्य प्रकारका राहदानी भने जनवरीदेखि मात्रै जारी हुनेसमेत विभागले जनाएको हो ।
सेवाग्राहीले विद्युतीय राहदानी एकै दिनमा पाउने जनाउँदै विभागले जनाएको छ । माइक्रो चिप्स हुने विद्युतीय राहदानीमा व्यक्तिगत विवरण हुने र चिप लक गरेपछि कसैले फेरबदल गर्न नसक्ने, विभागले जनाएको छ ।