सरकार विद्युत खपतका लागि प्रोत्साहन गर्न तयार : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको बिजुली नेपालले नै खपत गर्नुपर्ने बताएका छन् । उनले सरकार विद्युत खपतका लागि प्रोत्साहन गर्न तयार रहेको बताएका हुन् ।
विद्युतीय गाडी र चुल्हो बढाउनुपर्ने उनको सुझाव थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)को वार्षिक साधारण सभामा उनले नेपालको बिजुली भारतले नकिन्न पनि सक्ने बताउँदै नेपालले नै खपत गर्नुपर्ने बताए ।
कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसालले उत्पादित बिजुली विक्री गर्ने भरपर्दाे आधारसहित आए निजी क्षेत्रलाई पनि विद्युत व्यापार गर्न दिने बताइन् ।
लाइसेन्स खोलामा राखेर हिँडेको विगतका कारण विद्युत व्यापारमा पनि त्यही नदोहोरियोस् भन्नाका लागि विद्युत विक्री गर्न भरपर्दाे आधार निजि क्षेत्रबाट खोजिएको उनले स्पष्ट पारिन् ।
हाल उत्पादित विजुली खेरा गइरहेको भन्दै उनले विद्युत खपत बढाउन आवश्यक रहेको बताइन् ।
४५ प्रतिशत विद्युत निजी क्षेत्रबाट उत्पादन हुँदै आएको भन्दै उनले निजी क्षेत्रसँग मिलेर यस क्षेत्रका लागि काम गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले बताइन् ।