प्रधानन्यायाधीविरुद्ध कानून व्यवसायीहरुद्वारा सर्वोच्चमा आज पनि धर्ना
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ ।
२३ दिनदेखि आन्दोलनरत बारले मंगलबार पनि सर्वोच्च अदालतको मुल गेट अगाडि १० बजेदेखि १२ बजेसम्म धर्ना कार्यक्रम राखेको हो ।
प्रधानन्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए ।
तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।
प्रधानन्यायाधीसको राजीनामा नै न्यायालयमा देखिएको गतिरोध अन्त्यको विकल्प भएको बारको भनाइ छ ।
सर्वाेच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलास बहिस्कार गर्दै आएका छन् ।