मुस्ताङको थासाङमा हिमपहिरो

0

काठमाडौं : मुस्ताङको कोवाङमा आइतबार हिमपहिरो खसेको छ । मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्क भन्ने ठाँउमा हिमपहिरो खसेको हो । 

टुकुचे पिक अर्थात मानापाथी हिमालबाट हिउँ पहिरो खसेको हो । हिउँपहिरोबाट मानवीय क्षति भएको विवरण आएको छैन । स्थानीयबासीको चरन क्षेत्र भएकोले जनावरलाई भने असर परेको छ । 

हिमपहिरो गएको क्षेत्रको जानकारी लिन प्रहरी परिचालन गरिएको छ । हिमपहिरोले मानवीय त्रास बढेको छ । सो क्षेत्रमा गएको हिमपहिरो अहिलेसम्मकै ठुलो भएको बताइएको छ । 

हिमपहिरोले भेटने र हावाको त्रासले स्थानीय जनआदर्श अमरसिंह माविका विद्यार्थीको भागभाग भएको छ । भागाभागको क्रममा लडेर ६ जना विद्यार्थी घाइते भएका छन् । 

उनीहरुलाई उपचारका लागि जोमसोम ल्याइएको छ । हिमपहिरोबाट निस्केको हावाको बेग र छर्राले गर्दा विद्यार्थी डराएका हुन् । हिमपहिरोमा केही जंगली जनावर परेको हुन सक्ने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.