इक्वेडरको कारगारमा झडप, ६८ जनाको मृत्यु

0

एजेन्सी : इक्वेडरको एक कारगारमा भएको झडपमा कम्तिमा ६८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा गएराति झडप भएको हो । कारगारभित्र दुई समूहका बन्दीबीच भएको झडपमा दर्जनौं घाइते भएका छन् ।

तस्कर समूहका एक नाइकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका गभर्नर पाब्लो एरोजमेनाले बताएका छन् ।

कारागारको एउटा ब्लकका नाइकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको बताइएको छ । झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो ।

झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सोही कारागारमा सेप्टेम्बरमा भएको झडपमा १ सय १९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएको छ ।

लागुऔषध तस्कर समूहबीचको विवादका कारण इक्वेडरका कारागारमा झडप हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.