दशहजार लगानिकर्ता अभियानको पहिलो भेला सम्पन्न

0

तिलक बाबु , काठमाडौ ,
कार्तिक २७ शनिबार,

समृद्धिको यात्रामा १०,००० (दस हजार) लगानी कर्ता अभियानको पहिलो भेला सम्पन्न भएको छ। जनउन्नतिका लागि लगानिकर्ताको अभियान भन्ने मुल उद्देश्यका साथ शनिवार दिउँसो १ बजे देखि मिनभवनको क्राउन बैक्वट्मा सुरु भएको भेलामा करिव ५०० जनाको भौतिक दुरिसहित उपस्थितरहेको थियो , कार्यक्रम जुम , फेसबुक र कलबहावसबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।


नेपालको पुजि बजारमा हुने अनैतिक चलखेल र नेतृत्वकर्ताबाट पटक पटक भएको कमि कमजोरीको जानकारी धेरैलाई भएको हुँदा त्यस्तो गल्ती यस अभियानले नगर्ने प्रतिबद्धता जनाउदै विभिन्न क्षेत्र बैकर, फाइनान्सियल, संचार र उधोगमा लामो समय अनुभव गरिसकेका अनुभबि ब्यक्तिहरुले नेतृत्व गर्ने यो भेलाको आयोजकहरुले बताएकाछन ।

करिब ३ दशक भन्दा लामो सेयर बजारको अनुभव, सफल लगानिकर्ता तथा यस अभियानका प्रमुख सोचकर्ता डा• केसव श्रेष्ठले भेलाको लक्ष्य, उद्देश्य र योजना बारे प्रष्ट पार्दै रियल सेक्टरका ठुला कम्पनीहरुको सिर्जना गर्न, साना लगानिकर्ताहरुलाई लगानिको अवसर दिन , रोजगारीको अवसर सिर्जना गर्न, राष्ट्रिय अर्थतन्त्र निर्माणमा टेवा पुर्याउन यो अभियान थालिएको जानकारी गरानु भएको थियो ।
अहिले सम्म १०,००० लगानीकर्ताअरुको अभियानमा गुगल फर्मबाट आवेदन ः २८०० जना, अन्य श्रोतबाट आवेदन ः ४३१ जना तालिमीहरुको डाटाबेस ः ३२६७ जना गरी जम्मा ६४९८ जना जोडीनु भएकोछ ।

२८०० जनाबाट आएको प्रतिबद्धता न्यूनतम रकममा १ अर्ब, मध्यम रकममा १.६७ अर्ब उच्च मध्यम रकममा ३,२९ अर्ब प्रथम चरणमा १०,००० लगानीकर्ताहरुको नामावली संकलनको अभियानमा जारी रहेकोछ । इच्छुकहरुले तलको लिंकबाट एक मिनेटमै नाम दर्ता गराउन सक्ने पनि आयोजकले बताएकाछन । https://forms.gle/aEJhhd34cWFUCUta8

हाल कुनै पनि रकम संकलन नगरिएको र कानूनी प्रकृया पूरा गरेपछि मात्र रकमको बारे जानकारी दिइनेछ श्रेष्ठले बताउनु भएको छ।
साथै अभियान सन्चालनका लागि नौ जना कार्यसमिति गठन गरिएको छ। १० हजार लगानिकर्ताको बिश्वासलाई शिरोपर राख्दै लगानिकर्ताबाट जम्मा भएको रकम उचित स्थानमा लगानी गर्ने नौ जनाको कार्यसमितिले प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.