सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : उपेन्द्र यादव
काठमाडौं : सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले न्यायालय भित्र देखिएको समस्या न्यायालयले नै चाँडै समाधान गर्ने बताएका हुन् । राजनीतिक दलहरुले न्यायालयमा हस्तक्षेप गर्न नहुने उनको भनाइ छ ।
अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा समस्या देखिएको दावी गर्दै संविधान संशोधन नगरी अघि बढन नसकिने अडान दोहोर्याए ।
सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने उनको भनाइ थियो ।