एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौं : नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले लोगो सार्वजनिक गरेका हुन् ।
एमालेले गैडाको हातमा कम्युनिष्ट पार्टीको झण्डा भएको लोगो सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरुलाई कम्तिमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्न आब्हान गरे ।
एमालेको सो राष्ट्रिय महाधिवेशन मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । त्यसका लागि शनिबार देशभर महाधिवेशन प्रतिनिधि चयन हुँदैछ ।