धर्ना छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश
काठमाडौं : नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट जबरा अदालतभित्र छिरेका हुन् ।
कानुन व्यवसायीहरुले मुल गेटमा धर्ना दिएपछि १९ जना न्यायाधीशहरु वैकल्पिक गेटबाट सर्वोच्च परिसरमा प्रवेश गरेका छन् ।
उनीहरु महान्यायाधिवक्ता कार्यालय तर्फको गेटबाट अदालत प्रवेश गरेका हुन् । मुल गेटमा भने नेपाल बार एसोसिएसनका पदाधिकारी र कानून व्यवसायीले धर्ना दिइरहेका छन् ।
प्रधानन्यायाधीश राणाले शुक्रबारका लागि ८ वटा इजलास तोकेका छन् । धर्नाका कारण बिहान १० बजेर ५० मिनेटमा मात्रै सर्वोच्च छिरेका राणाले आफूलाई भने शुक्रबार इजलास तोकेका छैनन् ।
शुक्रबार राणाले न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोकेका हुन् । यीमध्ये सात संयुक्त र एउटा एकल इजलास छ ।
प्रधानन्यायाधीश राणाले अहिलेको समस्याको निकास दिनु पर्ने मत राख्दै आएका सर्वोच्चका न्यायाधीशहरूले दुई हप्तादेखि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।
शुक्रबार प्रधानन्यायाधीश राणाले तोकेका इजलासमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाहरू पनि छन् ।