काठमाडौं : कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म पहिलो डोज लगइने भएको छ ।
त्यस्तै मंसिर २७ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।
यस्तै प्रदेश १, २ र लुम्बिनी प्रदेशका ३/३ अस्पताल, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका २/२ अस्पताल र गण्डकी प्रदेशमा एक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो ।