चिनियाँ सेनाद्वारा नेपाली सेनालाई कोभिडविरुद्धको खोप हस्तान्तरण

0

काठमाडौं : चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरूप भेरोसेल खोप तथा विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।

हस्तान्तरण गरिएका सामग्रीहरूमा १० थान भेन्टिलेटर र १ सय थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज कोरोना भाइरस विरुद्धको खोप रहेको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेका छन् ।

चिनियाँ सहयोग महामारी विरुद्धको लडाइँमा प्रभावकारी हुने विश्वास सेनाले लिएको छ ।

Leave A Reply

Your email address will not be published.