सरकारले न्यायालयको विवाद छिटो समाधान होस् भन्ने चाहेको छ : गृहमन्त्री खाँण

0

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन् ।

सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेकाले छिटो समाधान होस् भन्ने पक्षमा सरकार रहेको बताएका हुन् ।

उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसावले पनि स्वतन्त्र ढंगले चल्ने गरेको दाबी गरे ।

गृहमन्त्री खाँणले सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको बताए । उनले महत्वपूर्ण विधेयकहरु पारित गर्नका लागि अवरुद्ध सदन सूचारु गराउन एमालेलाई पनि आग्रह गरे ।

गृहमन्त्री खाँणले नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताउँदै सरकारले नागरिकको सुरक्षाको विषयलाई पहिलो प्राथमिकतामा राखेको दोहोर्‍याए ।

Leave A Reply

Your email address will not be published.