कांग्रेसले कात्तिक २८ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

0

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक कात्तिक २८ गते आइतबारका लागि बोलाएको छ । महाधिवेशनको तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएका छन् । पार्टी केन्द्रीय कर्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ ।

कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने गरी मिति घोषणा गरिएको छ । त्यसअघि प्रदेश, जिल्लालगायत विभिन्न क्षेत्रका अधिवेशन हुनेछन् ।

कांग्रेसले पटकपटक महाधिवेशनको मिति सार्दै आएको छ । कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण ढिलाइ गरेको र सदस्यता सम्बन्धी विवाद टुंग्याउन समय लगाएकोले महाधिवेशन पटकपटक सर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.