सल्यानमा बस दुर्घटना, १२ जनाको मृत्यु
काठमाडौं : सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएको हो ।
बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
तिहार मनाएर फर्किएकाहरू दुर्घटनामा परेका हुन् । बसमा झन्डै ३५ जना यात्रु रहेका अनुमान गरिएको प्रहरीले जनाएको छ । बस सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ ।