बाढीपहिरोले क्षति पुगेका घर तथा पुलको पुनर्निर्माण सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरोका कारण भत्केका सडक, पुल, घरको पुनर्निर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बाढीपहिरो प्रभावित क्षेत्रको बुधबार निरीक्षण गर्न पुगेका गृह मन्त्री खाँणले पहिरोबाट बचाउनका लागि सरकार दीर्घकालीन योजना निर्माणका रणनितिक योजना तयार गरिरहेको बताए । उनले गृह मन्त्रालयले बाढी पीडितहरुको राहत प्याकेज सक्दो चाँडो पीडितसामु पुर्याउने आश्वासन समेत दिए ।
निरीक्षणका लागी प्रधानमन्त्री शेर बहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिका पुगेका गृहमन्त्री खाँणलाई गायँपालिका अध्यक्ष नवल मल्लले ज्ञापन पत्र बुझाउदै १ अर्ब ५ करोड १२ लाख बराबरको क्षति भएको जानकारी गराएका थिए ।
गृहमन्त्रीलाई भेटग र्न पुगेका बाढी पीडितहरु आफुहरुको सुरक्षित बासस्थानको माग गरेका छन् ।
गृहमन्त्री सहितको सो टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल, सुदुपश्चिम प्रदेश सभा सांसद गोविन्द बोहरा, गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलमल्ल, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी लगायत सहभागी रहेका थिए ।