कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

0

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । शाहीले सोमबार साँझ प्रदेशबासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

सत्ता गठबन्धनमा कांग्रेस र माओवादी केन्द्रले कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार उनले राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री शाहीको राजीनामा घोषणासँगै कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् । गठबन्धनले अब कर्णालीमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नेछ ।

गत वैशाख दुई मा कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सहमतिमा बढीमा कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने उल्लेख थियो ।

यसअघि कांग्रेस कर्णाली प्रदेश सभा दलले सहमति कार्यान्वयन नगरे अर्को विकल्पमा जाने चेतावनी दिएको थियो ।

Leave A Reply

Your email address will not be published.