बेल्जियममा बनेको नेपाली लघु चलचित्र “दानब” सार्वजनिक

0

बासनाको सम्बन्धले मानिसको जीबनलाई कति पिडा दिन्छ भन्ने सन्देश सहितको लघु चलचित्र दानबको प्रदर्शन गरिएकोछ । आईतवार लुभेनमा रिलिज गरिएको दानबमा प्रेमको ढाल ओढेर कुनै पुरुषले महिलालाई शोषन गरेको कुरालाई आकर्षक र रोमान्चक पटकथामा प्रस्तुत गरिएकोछ ।

पाष्चात्य समाजमा सहज र बैध मानिने “लिभिङ टुगेदर” रिलेशनलाई नेपाली समाजले सहजै स्विकार्न नसक्ने, कुरा काट्ने बिषय बन्ने र पारिवारिक जीबनको मिठास पाउन पनि बाधा हुने गरि प्रस्ट्याइएकोछ । माहिलाहरुले आफुलाई समर्पण गर्दा जुन प्रेम र आत्मियताको अपेक्षा गरेका हुन्छन त्यस बिपरित पुरुषले आफ्नो बासना त्रिप्त गर्न मात्र लिभिङ टुगेदर सम्बन्धलाई दुरुपयोग गर्छ भन्ने सन्देश दिने २२ मिनट लामो चलचित्रमा नेपाली सिने जगतकी ख्याति कमाएकी पुरानी नायिका पार्वती अधिकारी, बर्षा खड्का, यशू थापा र नायक ध्रुबदत्तको उत्कृष्ट अभिनय रहेकोछ ।

रफी शाहको निर्देशन र लेखन, निर्माणमा बनेको फिल्मको छायान्कन राजु अधिकारी र सहायक निर्देशन चिरण कुमार खवासले गरेकाछन । युरोपमा बसोबास गरिरहेका चलचित्रकर्मीहरुले स्थानीय रुपमा तयार गरेको फिल्मको बिषयबस्तु देखि प्रस्तुति प्रशंशा गर्न लायक रहेकोछ।

Leave A Reply

Your email address will not be published.