प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

0

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीले लोकतन्त्र नै खतरामा परेको दाबी गरे ।

१० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

तर बहुमत नपुग्ने देखेपछि उनले मत विभाजनको सामना नगरेका हुन् ।

पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए । तर उनी मुख्यमन्त्री बनेको १५ दिनमै अल्पमतमा परेका थिए ।

एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै आचार्य अल्पमतमा परेका थिए ।

Leave A Reply

Your email address will not be published.