अमेरिकामा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

0

एजेन्सी : अमेरिकाको स्वास्थ्य सम्बन्धी निकाय ‘एफडीए’ले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप बालबालिकालाई लगाउन अनुमति दिएको छ ।

‘एफडीए’ले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन खोप लगाउन अनुमति दिएको हो । यसअघि एफडीएका विशेषज्ञले खोपलाई अनुमति दिन सिफारिस गरेका थिए ।

अमेरिकामा १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि पहिलोपटक कोरोना खोपलाई अनुमति दिइएको हो । अनुमतिसँगै अमेरिकाका दुई करोड ८० लाख बालबालिका लाभान्वित हुने भएका छन् ।

पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकामा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको फाइजरले जनाएको छ ।

बालबालिकालाई पनि खोप लगाउनाले छिटै नै अमेरिका सामान्य अवस्थामा फर्किन सक्ने एफडीएलले जनाएको छ ।

चीन, क्युबा र यूएईले भने यसअघि नै बालबालिकालाई खोप दिन अनुमति दिइसकेका छन ।

Leave A Reply

Your email address will not be published.