प्रधानमन्त्री देउवा दोहामा

0

काठमाडौं : शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार अपरान्ह कतारको राजधानी दोहा पुगेका छन् ।

शुक्रवार बिहान काठमाडौँबाट प्रस्थान गरेका देउवा कतार एयरको विमानबाट दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक आवासीय राजदूत लक्ष्मण खनाल, कतारका शिष्टाचार अधिकारीलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार नै बेलायतको राजधानी लण्डनका लागि प्रस्थान गर्नेछ ।

Leave A Reply

Your email address will not be published.